सुदूरपश्चिम सरकारलाई आजै पूर्णता दिइँदै, को–को बन्दै छन् मन्त्री ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई आज पूर्णता दिने गरी तयारी गरिएको छ । प्रदेशमा दुई मन्त्री र १ राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सत्ता गठबन्धन घटक दल नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको सहमति अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरुले सरकारमा जाने मन्त्रीहरुको पुरानै नाम सदर गरेको बताए । उनका अनुसार नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई सो मन्त्रालयको राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ । यसअघि पनि रामेश्वर र कैलाशको नाम सिफारिस गरिएको हो ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकबाट रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित सांसद शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतले बतायो ।आज साँझ ७ बजे मन्त्रीहरुको शपथ ग्रहण गराइने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।