फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघले लेख्यो बोर्डलाई पत्र

काठमाडौं । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र संघबाट प्रेषित पत्र प्राप्त भएको बताए । ‘उहाँहरुले अर्काको धनसम्पतिको विवरण सार्वजनिक गर्न मिल्दैन भनेर पत्र लेख्नुभएको छ,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने, ‘हामी बैठक बसेर उहाँहरुको पत्रको उपयुक्त जवाफ दिनेछौं । यसबारे कानुनी प्रावधान के छ त्यो पनि बुझ्छौं ।’

चलचित्र संघका कानुनी सल्लाहकार जयलाल भण्डारीले केही दिनअघि उक्त पत्र बोर्डलाई पठाइएको पुष्टि गरे । ‘अर्काको फिल्मको कमाइ सार्वजनिक गर्नु बोर्डको कार्यक्षेत्र होइन । त्यसो गर्न मिल्दा पनि मिल्दैन,’ भण्डारीले भने, ‘यसबारे पत्र पठाइएको छ ।’ साथै चलचित्र संघले बोर्डको जवाफ हेरेर कानुनी उपचारमा जाने कि नजाने भन्ने निर्क्योल हुने पनि संघका एक सदस्यले बताए ।

चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेको छ । मन्त्रालयसँग समन्वय गरेर कमाइ सार्वजनिक गरिरहेको बोर्डको भनाइ छ । बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो ।

व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । तर चलचित्र विकास बोर्ड चाहिं फिल्म क्षेत्र नाफाघाटाको व्यापार मात्र नभएर सांस्कृतिक तथा सिर्जनशील उद्योग पनि भएकाले कमाइ सार्वजनिक गर्न मिल्ने बताउँदै आइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।