पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनिन् गौरी मल्ल, तिरेको पैसालाई मन्दिरमा राख्ने

काठमाडौं । अभिनेत्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरेकी छन् । ‘ट्याग’ नामक यो रेस्टुरेन्ट आगामी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने पूजाले बताएकी छन् ।

तर यसको सफ्ट–लञ्च चाहिं भइसकेको छ । सेलिब्रिटीहरु उक्त रेस्टुरेन्टमा ग्राहकको रुपमा पुग्न थालेका छन् । शोभित बस्नेत र सलोन बस्नेत लगायतका कलाकारले त्यहाँ पुगेर मिडिया अन्तर्वार्ता पनि दिइसकेका छन् ।

एक वर्ष लामो तयारीपछि चार करोड रुपैयाँमा रेस्टुरेन्ट तयार भएको पूजाले बताइन् । यस्तोमा अभिनेत्री गौरी मल्ल पूजाको उक्त रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् । गौरीले उक्त रेस्टुरेन्टमा पुगेर खाएको खानाको तस्वीर सेयर गर्दै पहिलो ग्राहक भएको जनाएकी छन् । गौरीले रेस्टुरेन्टमा तिरेको पैसालाई पनि पूजाले मन्दिरमा राख्ने बताएकी छन् । उक्त पैसामा पूजाले गौरीको सम्मानमा केही शब्द पनि लेखेकी छन् ।

यसबारे गौरीले फेसबुकमा लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक र पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किंदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद लिंदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस्, हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्‍यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

पूजाले फेसबुकमा बिलको फोटो पनि राखेकी थिइन् तर पछि थुप्रै टिप्पणी आएपछि हटाएकी छन् । कतिपयले पूजाको रेस्टुरेन्टमा मिल्क टीको मूल्य डेढ सय रुपैयाँ भन्दै कटाक्ष पनि गरेका छन् । साथीहरुसँग त्यहाँ पुगेकी गौरीले चार कप दूध चियासँगै दुई प्लेट चिकेन स्टिम म:म, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो मगाएकी थिइन् । यसको बिल २ हजार ६०५ रुपैयाँ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।