के दयाहाङ विना फिल्म नै नबन्ने अवस्था आएको हो ?

काठमाडौ । यो बर्षको ३ महिनामा नायक दयाहाङ राइको ३ वटा फिल्म रिलिज भए । यो बर्षको सुरुवाती साढे ३ महिनामा दयाहाङले ३ वटा फिल्मको छायांकन सकाएका छन् । तर, दयाको फिल्म सुटिङको लाइनअप हेर्ने हो भने उनी विना फिल्म नै नबन्ने हो कि भन्ने अवस्था देखिएको छ ।

दयाहाङसँग फिल्म छायांकनका लागि लामो लाइनअप छ । तर, पनि उनले फिल्म साइन पनि गरिरहेका छन् । दयाले ‘एन्जिला’ नामक फिल्ममा पनि मुख्य भूमिका निर्वाह गर्दैछन् । उनले, रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्म ‘म डिग्री माइला’मा पनि काम गर्दैछन् । फिल्मको लाइनअप हेर्यो भने यो बर्ष दयालाई फुर्सद नै देखिदैन ।

उनको लाइनअपमा तत्काल ‘राजागन्ज र कार्साङ’ छन् । तर, यो बिचमा उनले फिल्म ‘रंगोली ग्याङस्टार’मा पनि काम गर्दैछन् । यतिमात्र होइन, दयाले फिल्म ‘बरिष्ठ बलराम’मा समेत काम गर्न लागेको वुझिएको छ । फिल्ममा मुख्य नायकदेखि सह–नायकसम्मको भूमिकामा दयाले काम गरिरहेका छन् ।

अवस्था यस्तो आएको छ कि, दयालाई फिल्ममा छोटो भूमिकामा भएपनि राख्न निर्माता लालयित भएको पाइन्छ । यसैले, निर्माण हुन लागेका धेरै फिल्ममा दया कुनै न कुनै रुपमा जोडिदै गएका छन् ।

बजारले अर्गानिक कथा खोज्नु, विदेशी बजारमा दयाहाङ राइका फिल्म सहजै विक्नु आदिले पनि उनको माग उच्च भएको हो ।

दयाको ‘नाङ्गो गाउँ र दिमाग खराब’ रिलिजको लागि तयार हुँदैछन् । फिल्म ‘हात्तीछाप’लाई पनि दशैंको वरिपरी रिलिज गर्ने तयारी निर्माताको छ ।

फिल्म रिलिज र मेकिङको लहर हेर्दा दयाहाङले यो बर्ष एक दर्जन फिल्ममा अभिनय मात्र गर्ने छैनन्, एक दर्जन फिल्म उनका रिलिज पनि हुँदैछन् । यतिमात्र होइन, निर्माता दयालाई लामो समय कुरेर फिल्म बनाउन तयार भएर बसेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।