पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

काठमाडौ । आफ्नो ब्वाइफ्रेन्ड युद्ध बानियाँसँग मिलेर पूजाले रेस्टुरेन्ट खोलेकी हुन् । आकर्षक साजसज्जा र फर्निसिङसहितको रेस्टुरेन्टमा ४ करोड रूपैयाँ लगानी भएको उनीहरूको दाबी छ । पूजाका अनुसार एक वर्ष लामो तयारीपछि ‘ट्याग’ ले मुर्तरूप पाएको हो ।

संयोगवस पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् अभिनेत्री गौरी मल्ल । उनी एउटा प्रोजेक्टको छलफल गर्नका लागि सो रेस्टुरेन्टमा छिरेकी थिइन् । आफू पहिलो ग्राहक बनेको थाहा पाउँदा निकै खुशी लागेको गौरीले बताएकी छन् ।

गौरीले आफ्नो फेसबुसमा पूजाको रेस्टुरेन्टबारे वर्णन गरेकी छन् ।

उनले लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक/पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किँदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद दिँदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस ,हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको गौरीले लेखेकी छन् । उनले सुरूमा बिलको फोटो पनि हालेकी थिइन्, तर मानिसहरू मूल्यसूची हेरेर धेरैजना झस्किएपछि हटाएकी छन् ।

बिलमा उल्लेख भएअनुसार पूजाको रेस्टुरेन्टमा एक कप मिल्क टी (दूध चिया) को १५० रूपैयाँ पर्ने रहेछ । गौरीको टोलीले चार कप दूध चियाको साथमा दुई प्लेट चिकेन स्टिम मम, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो अर्डर गरेका थिए । त्यसको बिल २ हजार ६ सय ५ रूपैयाँ उठेको छ । आखिर चार करोड लगानी गरेको रेस्टुरेन्ट न पर्‍यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖