‘आम्मा कसम याँ दुख्छ २’ साउन २० देखि प्रशारण हुने

काठमाडौ । नेपालकै पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोश्रो सिजन प्रशारण हुने भएको छ । साउनको २० गते शनिबारदेखि यो शो नेपाल टेलिभिजनमा बेलुकी ८ः४० मा प्रशारण हुन लागेको हो । शोकी निर्देशक श्रद्धा प्रसाँइका अनुसार, यसपटक दर्शकले झनै बढी मज्जा लिन सक्नेछन् । शोमा यसपटक प्रनेश गौतमलाई समेत भित्राइएको श्रद्धाले बताइन् ।

यो शोको ५ वटा भागको छायांकन भैसकेको होस्ट विक्की अग्रवालले जानकारी दिए । उनले, रोस्ट हुने भएतापनि यसपटकको सिजनमा गेस्ट पाउनका लागि गाह्रो नभएको बताए । एन क्यासको प्रस्तुतिमा तयार भएको यो शोको पहिलो भागमा केवश स्थापितसँगको कुराकानी हेर्न पाइनेछ ।

शोमा बिना त्रिपाठीलाई डिजे मायाको भूमिकामा देख्न पाइनेछ । शोको लेखनको काम सुशान्त बस्याल र विकास अर्यालले गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖