अफिसमा कस्तो हुनुपर्छ व्यवहार

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ ।

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी–व्यवहारमा कमी–कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ ।

अफिस समयको ख्याल

अफिसमा समयमै पुग्नुपर्छ । विशेषगरी कार्यक्षेत्रमा हुने जरुरी मिटिङका लागि सजग रहनुपर्छ । अफिसमा हुने जुनसुकै मिटिङमा समयमै पुग्नु आवश्यक छ ।

सानो स्वरमा कुराकानी

अफिसमा सानो स्वरमा कुराकानी गर्नुपर्छ । साथीभाइको फोन आयो भने सानो स्वरमा कुराकानी गर्नुपर्छ । ठूलो स्वरमा कुरा गर्दा वरिपरिका मानिसहरूलाई बाधा हुन्छ ।

मोबाइल

अफिस पुगेपछि मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । मोबाइल रिङटोनमा छ भने आवाज कम गर्नुपर्छ । आफ्नो सिटबाट उठ्दा मोबाइल लिन बिर्सनु हुँदैन । कुनै जरुरी तथा व्यक्तिगत फोन उठाउनु छ भने अरूले नसुन्ने ठाउँमा गएर उठाउनुपर्छ । मिटिङ, वर्कसप तथा सेमिनारहरूमा मोबाइलको स्वीचअफ गर्नुपर्छ । अनावश्यक रुपमा अफिसको फोन प्रयोग गर्नुहुँदैन ।

डेस्कको सफाइ

घरजस्तै आफ्नो कार्यक्षेत्रको सरसरफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । आफ्नो अफिस सधैं सफा राख्नुपर्छ । आफ्नो डेस्कमा पेपर तथा अन्य वस्तु मिलाएर राख्नुपर्छ । आफू बस्ने कोठा सफा राख्दा काममा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

लन्च

अफिसमा क्यान्टिन छ भने केही फरक पर्दैन तर घरबाटै टिफिन लगेर अफिसमा खाने गरिएको छ भने खाना खाएपछि डेस्क सफा गर्नुपर्छ । बाहिरबाट लन्च बक्स मगाउने भए गन्ध नआउने खालको लन्च मगाउनुपर्छ । खाना खाँदा मुखबाट आवाज निकाल्नु हुँदैन ।

आत्मप्रशंसाबाट टाढा

आफ्नो प्रशंसा आफैले गर्नु हुँदैन । त्यसको साटो आफ्ना सहकर्मीको कामको बयान गर्नुपर्छ । आफ्ना कनिष्ठहरूको कामको जिम्मेवारी आफूले लिनु हुँदैन ।

ड्रेसिङ सेन्समा ध्यान

अफिस आउँदा भड्किलो पहिरन लगाउनु हुँदैन । प्रोफेसनलाई ध्यान दिएर आफ्नो पहिरन छनोट गर्नुपर्छ । कार्यक्षेत्रमा आउँदा बढी वासना आउने परफ्युमको प्रयोगबाट जोगिनुपर्छ ।

आवश्यक कुराकानी

आफ्नो कामका बारेमा चिन्तित रहनुपर्छ र आवश्यक कुराकानी मात्र गर्नुपर्छ । बेकारका कुराकानी गरेर समय खेर फाल्नु हुँदैन । समय बर्बाद गर्नु हुँदैन । आफ्ना साथीभाइहरूसँग गुनासो वा अप्ठ्यारो पर्ने खालका विषयमा विवाद गर्नु हुँदैन ।

हाइजिनमा ध्यान

शौचालय प्रयोग गरेपछि फ्लस गर्न बिर्सनु हुँदैन । शौचालयको भुइँ पनि सफा राख्नुपर्छ ।

भद्र व्यवहार

अफिसमा कसैको साथ विशेषगरी पुरुष सहकर्मीहरूसँग भद्दा मजाक गर्नुहुँदैन । कसैप्रति दोहोरो अर्थ लाग्ने किसिमका शब्द पनि प्रयोगमा गर्नु हुँदैन । अफिसमा आयोजना हुने कार्यक्रममा मदिरा प्रयोग गर्नु हुँदैन ।

अरूको सामान माग्ने बानीको त्याग

आफ्ना साथीभाइको सरसामान माग्नु हुँदैन । सामान साटासाट गरेर प्रयोग गर्नु हुँदैन । उनीहरूको सामान प्रयोग गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

सामान्य शिष्टाचार

कसैको चेम्बरमा जानु छ भने ढोका ढकढकाउनु सामान्य शिष्टाचारभित्र पर्छ । यसलाई पालना गरी सभ्य हुन सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।