प्रधानमन्त्री ट्रुडो र सोफीबीच सम्बन्धविच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गर्नुभएको छ ।

वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उहाँकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उहाँले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गर्नुभएको छ ।

एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उहाँहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गर्नुभएको छ । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न अपिल समेत गर्नुभएको छ । उहाँहरुका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्टबाहेक प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको जानकारी दिनुभएको छ । जस्टिन र सोफीले २००५ मे २८ मा विवाह गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।