सन्दीपले जन्मदिनमा जिते नगद १ लाख ३२ हजार

काठमाडौं । आफ्नो २३ औं जन्मदिन मनाईरहेका नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टी-ट्वान्टी क्यानडामा प्लेयर अफ द म्याच अवार्ड जितेका छन् ।

सर्रे जागुअर्सलाई मिसिसागा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित दिलाउन सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए ।

जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । प्लेयर अफ द म्याच अवार्ड भने सन्दीपले पहिलो पटक जितेका हुन् । सन्दीपले यस अघि तीन खेलमा ५ सय डलर पुरस्कार राशी भएको मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए । सन्दीपले प्लेयर अफ द म्याच अवार्ड वापत १ लाख ३२ हजार नेपाली रुपैयाँ पाउनेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।