बुफोनको २८ वर्ष लामो फुटबल करियरमा पूर्णविराम

पार्मा । इटालीका विश्वविजेता गोलकिपर जियानलुइजी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बुफोनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यत्ति नै साथीहरु । तपाईंहरुले मलाई सबै कुरा दिनुभयो । मैले पनि सबै कुरा दिएँ । हामीले साथ रहेर गर्यौँ ।’

योसँगै बुफोनको २८ वर्ष लोमो फुटबल करियरमा पूर्णविराम लागेको छ । यसक्रममा उनले सन् २००६ मा विश्वकप जित्न सफल भएका थिए भने युभेन्टससँग १० वटा सिरिए ए उपाधि तथा पेरिस सेन्ट जर्मेनसँग एउटा लिग वान उपाधि जितेका थिए ।

पार्माबाट सन् १९९५ मा आफ्नो करियर सुरुवात गरेका बुफोनले पार्माबाट नै करियरको अन्तय गरे । पार्मा अहिले सिरिए बी क्लब रहेको छ ।
पार्मासँग उनको सन् २०२४ सम्मको करार रहेको थियो । तर, चोटका कारण उनले गत सिजन मात्र १९ खेल खेल्न सकेका थिए ।

पार्माको एकाडेमीबाट फुटबल खेल्न सुरु गरेका बुफोनले सन् १९९५ को नोभेम्बरमा क्लबबाट सिरिए ए मा डेब्यू गरेका थिए । सन् २००१ मा उनी त्यतिबेला गोलकिपरका लागि कीर्तिमानी ३.२६ करोड पाउन्डमा युभेन्टससँग अनुबन्ध भए ।

करियरको अधिकांश समय टुरिन क्लबमा बिताएका बुफोनले सन् २०१८–१९ सिजन पीएसजीमा बिताए । उनले इटालीको शीर्ष डिभिजनमा कीर्तिमानी ६५७ खेल खेलेका थिए । त्यस्तै इटालीका लागि उनले रेकर्ड १७६ खेल खेले ।

इटाली विश्वकपमा छनोट हुन असफल भएपछि उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।