मियामीको जीतमा मेस्सीको दुई गोल

मियामी । लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले ओर्लान्डो सिटीमाथि जीत हासिल गरेको छ । लिग्स कप अन्तरको खेलमा मियामी ३–१ गोलले विजयी बनेको हो ।

लिग्स कपको ३२ औँ राउन्ड खेल चट्याङका कारण ९५ मिनेट ढिला गरी सुरु भएको थियो । मेस्सीले खेलको ७ औँ मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, १७ औँ मिनेटमा सेजार अराउहोले ओर्लान्डोलाई खेलमा फर्काए ।

दोस्रो हाफमा जोसेफ मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै मियामीलाई पुनः अग्रता दिलाए । ७७ औँ मिनेटमा मार्टिनेजकै पासमा मेस्सीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

यो सिजन एमएलएस पुगेका मेस्सीले आफ्नो गोलको शृङ्खला जारी राखेका छन् । लगातार तेस्रो खेलमा उनले गोल गर्न सफल बनेका छन् । सात पटकको बालोन डी’ओर विजेताले तीन खेलमा पाँच गोल गरिसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।