उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु

एजेन्सी । सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । उच्च रक्तचापको नियन्त्रणको लागि अपनाउनुहोस निम्न सरल उपायहरु:-

१.धुम्रपान बन्द गर्न: यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ । २. मोटोपना घटाउनुपर्छ: यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ । ३.शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

४.मदिरा सेवनलाई नियन्त्रण: यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ । ५.नुन कम: यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ । ६.तनाव कम: उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

७.पोटासियमयुक्त खाना धेरै खानुपर्छ: पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।

८.ताजा फलफूल नियमित खानुपर्छ: ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ । ९.प्रशस्त हरियो सागसब्जी खानुपर्छ: प्रतिदिन नियमित २, ३ चोटि हरियो सागसब्जी खानुपर्छ । १०.माछाको प्रयोग फाइदाजनक मानिन्छ: हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ। (डा. ओममूर्ति अनिल वरिष्ठ मुटुराेग विशेषज्ञ ब्लगबाट साभार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।