वेस्ट इण्डिज क्रिकेट बोर्डप्रति भारतीय कप्तान हार्दिक पाण्ड्या आक्रोशित

काठमाडौं । भारतीय कप्तान हार्दिक पाण्ड्याले वेस्ट इन्डिजमा टिम इन्डियालाई उपलब्ध गराइएको कमजोर सुविधाको मुद्दा उठाउदै यसतर्फ क्रिकेट वेस्ट इन्डिज (क्रिकेट बोर्ड)ले ध्यान दिनुपर्ने बताएका छन् ।

भारतीय खेलाडीले बीसीसीआई अगाडि पनि यो मुद्दा उठाएका छन् । खेलाडीहरूको मुख्य गुनासो उडान ढिलो र निद्रा नपुगेको थियो। वेस्ट इन्डिज बोर्डले पाहुना टोलीलाई जति सुविधा दिनुपर्ने हो त्यसको ख्याल नगरेको भारतीय खेलाडीको गुनासो छ ।

वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई एकदिवसीय खेलमा हार्दिक पाण्ड्याले भारतीय टोलीको कप्तानी गरेका थिए । उनी ट्वान्टी–२० टोलीका कप्तान पनि हुन् ।

ट्रिनिडाडको ब्रायन लारा रंगशालामा खेलिएको तेस्रो एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

खेलपछि हार्दिक पाण्ड्याले भने, “हामीले खेलेको उत्कृष्ट मैदानमध्ये यो एक हो। अर्को पटक वेस्ट इन्डिजमा आउँदा यहाँको अवस्था सुधार्न सकिन्छ। यात्रादेखि लिएर सबै कुराको व्यवस्थापन गर्न गत वर्ष पनि केही कमजोरीहरू थिए।”

उनले भने, “मलाई लाग्छ कि यो समय हो कि वेस्ट इन्डिज क्रिकेटले यसलाई हेर्छ र निर्णय गर्छ कि कुनै पनि टोलीले यहाँ भ्रमण गर्दा ख्याल राख्नुपर्छ।”

हार्दिक पाण्ड्याले भने, ‘हामी विलासिताको माग गर्दैनौँ तर आधारभूत कुरामा ध्यान दिइयोस् भन्ने चाहन्छौँ ।’

भारतीय खेलाडीले यसअघि बीसीसीआईमा उजुरी दिएका थिए । ट्रिनिडाडबाट बार्बाडोसको उडान राति ढिलो थियो र चार घण्टा ढिलो भएको थियो। जसका कारण सुरुवाती एकदिवसीय खेलअघि खेलाडीले निद्रा पूरा गर्न सकेनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।