पदबाट राजीनामा दिएको झन्डै डेढ महिना पछि पुनः काममा फिर्ता

दाङ – दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह अध्यक्ष पदबाट राजीनामा दिएको झन्डै डेढ महिना पछि पुनः काममा फर्किनुभएकाे छ ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिनुभएको थियो । वडाका लागि पर्याप्त बजेट विनियोजन नभएकाे भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । वडाध्यक्ष शाहले राजीनामा दिए पनि उहाँको राजीनामा भने स्वीकृत भएको थिएन ।

उपमहानगरपालिकाले उहाँको विकास योजनाको मागलाई सम्बोधन गर्ने सहमति भएपछि उहाँ आज बिहीवारदेखि काममा फर्किनुभएको हो । गएकाे पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।