पूर्वपतिको जन्मदिनमा गायिका ‘जेरी’ लेख्छिन् – मैले दिन नसकेको खुशी दिने मान्छे छिट्टै प्राप्त होस्

लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् । उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् ।

शंकरको बिहीवार परेको जन्मदिनको अवसर पारेर ‘जेरी’ले फेसबुकमा लेखेकी छन् ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ति होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’ उनले छोरीसहित तीन जनाको तस्वीरका साथ उक्त स्टाटस लेखेकी हुन् ।

नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित जेरी र शंकरले गतवर्षको कात्तिकमा सहमतिमै सम्बन्धविच्छेद गरेका थिए । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको थियो ।

जेरी र शंकरबीच २०७६ सालमा प्रेमविवाह विवाह भएको थियो ।यी दुईले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूले गीतमा सहकार्य गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।