एक हप्तामा तीन जनालाई सिंगापुरमा दिइयो मृत्युदण्ड

एजेन्सी । सिंगापुरमा एक हप्तामा तीन जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार अर्थात् आज सिंगापुरको सरकारले ३९ वर्षका युवक मोहम्मद सालेह अब्दुल लतिफलाई फाँ’सी दिएको हो । उनीबाट सन् २०१९ मा ५४ ग्राम हेरोइन जफत गरिएको थियो । ब्युरोका अनुसार यो हेरोइनले ६ सय जनालाई नशामा पुर्याउन सक्छ ।

ट्रायलका बेला अब्दुल लतिफले आफूलाई हेराइनबारे कुनै जानकारी नभएको बताएका थिए । उनका अनुसार उनले साथीको उधारो तिर्न उनको सामान डेलिभर गरिदिएका थिए । उनलाई त्यो सामान हेरोइन थियो भन्ने थाहा नभएको उनले बताएका थिए । यद्यपि, अदालतले उनको कुरा मान्न अस्वीकार गर्‍यो । अब्दुल लतिफ ती साथीसँग त्यति धेरै नजिक नभएको र उनीमाथि त्यति सजिलै विश्वास गर्न सक्ने अवस्थामा पनि नरहेको भन्दै न्यायाधिशले उनी विरुद्ध सजाय सुनाए ।

सजाय सुनाउने बेला सिंगापुरको अदालतले अब्दुल लतिफले हेरोइन ओसारपसार गरेको बतायो । उनी कुनै ड्रग र्‍याकेटसँग आबद्ध नभए पनि उनलाई मृत्युदण्डको सजाय सुनाइयो । वास्तवमा सिंगापुरको कानुन अनुसार यदि कुनै पनि व्यक्तिलाई ५०० ग्रामभन्दा बढी गाँजा वा १५ ग्रामभन्दा बढी हेरोइन तस्कर गरेको पाइए उनलाई मृत्युदण्डको सजाय दिइन्छ ।

युएनसमेत थुप्रै देश सिंगापुरको यो कानुनविरुद्ध विरोध जताइसकेका छन् । यद्यपि, सिंगापुरले लागुऔषधको तस्करीलाई नियन्त्रणमा राख्नका लागि यो कडा सजायलाई आवश्यक ठान्छ । जबकी छिमेकी देश थाइल्यान्डले गाँजाको प्रयोगमा कानुनी रूपमा मन्जुरी दिएको छ ।

यस्तै सिंगापुरले यसै हप्ता एक महिला र पुरुषलाई पनि मृत्युदण्डको सजाय दिएको थियो । मृत्युदण्ड पाएकी एक महिलाबाट २०१८ मा ३१ ग्राम हेराइन जफत गरिएको थियो । उनको नाम सारीदेवी बिंते जमानी हो । सिंगापुरमा पछिल्लो २० वर्षमा पहिलो पटक कुनै महिलालाई फाँसीको सजाय दिइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।