तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

एजेन्सी । कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्राे र फुलेकाे देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्।

तर स्वाद कहिलेकाहीँ स्वास्थ्य भन्दा बढी हुन्छ। यसरी रोटी पकाउँदा शरीरलाई हानी हुन्छ । आजको लेखमा हामी तपाईलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकि तपाईले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। किनकी, यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य बिग्रन्छ ।

जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ । ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन ।

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न । यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस् ।

तस्विरमा देखिए झै तरिकावाट रोटी नपकाउन स्वास्थ्य बिज्ञहरूको सल्लाह छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।