दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ

एजेन्सी । दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ। अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ। यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ।

यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ। तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ। दुधसँग खान नहुने कुराहरु यस प्रकार छन्:

कालो दालसँग दुध: हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ । दहीसँग दुध: दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।

मूला, माछामासु जस्ता पदार्थसँग दुध: दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

नुन र करेलासँग दुध: दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । तिलको सेवनसँग दुध: दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ। कागतीसँग दुध: दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

सुत्नु भन्दा अघि तातो दुध: सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । रहरको दालसँग दुध: रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

नुनिलो खानेकुरासँग दुध: दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।प्याजसँग दुध: खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।

खुर्सानी र मसलादार खानासँग दुध: खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् । केरासँग दुध: रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ। यी १२ कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।