भारतीय दूतावासले अनुदानमा दिएको गाडी डेन्टपेन्ट गरेर रविले चलाए मोबाइल क्लिनिक

काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछानेले महिलालाई मात्रै लक्षित गरेर ‘ब्लु बस’ सञ्चालन गरेपछि मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। कतिपयले यो कामलाई सकारात्मक भनेका छन् भने कतिले राजनीतिक स्टन्टबाजी।

ब्लु बससँगै लामिछानेले ‘मोबाइल क्लिनिक’ पनि सुरु गरेका छन्। ६५ वर्षभन्दा माथिका मानिसलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मोबाइल क्लिनिक चलाउन लागिएको हो। यसबाट हरेक दिन नयाँ-नयाँ टोल पुगेर प्राथमिक उपचार दिइने बताइएको छ।

यसैबीच, रविले तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिक सवारीसाधन भारतले अनुदानमा दिएको पाइएको छ। निलो रंगले पोतेर नयाँ स्वरुप दिइएको यो गाडी २०७१ सालमा भारतीय दूतावासले चितवन कलेज अफ मेडिकल साइसेन्सलाई दिएको खुलेको छ।

हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको भारतले यो गाडी पनि उक्त कलेजलाई अनुदानमा दिएको थियो। ना २ च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने खुलेको छैन। -स्रोत :नेपाल समय

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।