पूर्वपतिको जन्मदिनमा जेरीको शुभकामना : मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

काठमाडौं । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ(जेरी)ले पूर्वपतिको जन्मदिनमा जोडी तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् । श्रीमान् शंकर क्षेत्री र छोरीसहितको पारिवारिक तस्बिर पोष्ट गर्दै उनले शुभकामना दिएकी हुन् ।

जेरीले आफूले माया दिन नसकेपनि छिट्टै अक्रो माया गर्ने व्यक्ति जिन्दगीमा आउन भन्दै पूर्वपति शंकरलाई शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ती होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’

नेपाली सांगीतिक क्षेत्रमा बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको जोडीलाई उदाहरण्ीय जोडीको रुपमा हेरिन्थ्यो । जेरी र शंकरले २०७६ साल माघ १ गते विवाह गरेका थिए ।

विवाह गरेको ३ वर्षै नपुग्दैै २०७९ कात्तिक २४ गते यी दुईले काठमाडौं जिल्ला अदालत पुगी औपचारिक रुपमा आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका थिए । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।