मिर्गौला रोगबाट बच्न दिनहुँ गर्नुस् यी काम

एजेन्सी । विश्वमा धेरै मानिस मिर्गौलासम्बन्धी समस्याको सामना गरिरहेका छन् । यदि जीवनशैली र खानपानमा सावधानी अपनाउने हो भने यसबाट सजिलै बच्न सकिन्छ । शरीरलाई स्वस्थ र सक्रिय बनाउन मिर्गौलाले फिल्टरको रुपमा रगत सफा राख्छ । थाहा पाउनुस् मिर्गौलालाई स्वस्थ राख्न अपनाइने तरिका बारे:

पाचन प्रक्रियाका दौरान खानाबाट निस्कने सबै सुक्ष्म विषालु तत्व मिर्गौलामा जम्मा हुन्छ र पिसाबका साथ बाहिर निस्कन्छ । मिर्गौलाले राता रक्तकोष निर्माण र रगतलाई सफा राख्न मद्धत गर्छ । मिर्गौलाको अर्को कार्य हो– भिटामिन डीको निर्माण गर्नु । यसले हड्डी मजबुत बनाउँछ । आजकालको व्यस्त जीवनमा खानपानको बानी बिग्रदै गइरहेको छ । यही कारण मिर्गौलाका बिरामी बढ्दो छ ।

स्वस्थ जीवनशैली अपनाएर यस्ता समस्याबाट बच्न सकिन्छ । दिनहुँको खानामा चिनी र नुन बढी प्रयोग गर्नाले मिर्गौलाको स्वास्थ्यमा हानिकारक हुन्छ । यी दुुई चिजबाट मिर्गौलाको गति सुस्त हुन्छ । यसैले मिठाई, केक–पेस्ट्री, प्रशोधित खाना, अचार, पापडजस्ता खाद्य पदार्थको सेवन सीमित रुपमा गर्नुपर्छ ।

बेस्सरी पानी पिउनुस्: यदि मिर्गौलालाई स्वस्थ राख्नुछ भने पानी नै उपयुक्त उपचार हो । यसका लागि हरेक सामान्य व्यक्तिले दैनिक औसन ४ देखि ५ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा रहेको कैयौं विषालुु तत्वलाई पिसाबका साथ बाहिर निकाल्छ र पाचन तन्त्रको कार्यप्रणालीलाई पनि दुरुस्त पार्छ । पानीले कब्जियतको समस्या पनि हुँदैंन । यसका अलावा पानीले शरीरमा रक्तप्रवाहलाई सही राख्छ र रगतलाई गाढा बनाउनबाट रोक्न सकिन्छ । पानी बढी पिउनाले रक्तचापको स्तर पनि सन्तुलित हुन्छ ।

सन्तुलित आहार अपनाउनुस्: दिनहुँको खानामा चिनी र नुन बढी प्रयोग गर्नाले मिर्गौलाको स्वास्थ्यमा हानिकारक हुन्छ । यी दुुई चिजबाट मिर्गौलाको गति सुस्त हुन्छ । यसैले मिठाई, केक–पेस्ट्री, प्रशोधित खाना, अचार, पापडजस्ता खाद्य पदार्थको सेवन सीमित रुपमा गर्नुपर्छ । यस्ता खानामा चिनी र नुनको मात्रा अत्यधिक हुन्छ । यसका अलावा प्रोटिन बढी पाइने हुनाले च्याउ र दलहनको सेवन सन्तुलित रुपमा गर्नुपर्छ ।

प्रोटिन शरीरका लागि अत्यन्त आवश्यक भएपनि बढी खानाले युरिक एसिडको समस्या हुन सक्छ । यसका साथै दुुग्धजन्य पदार्थको सेवन हड्डीको मजबुुतीका लागि जरुरी हुन्छ । तर यसको अधिकताका कारण स्टोनको समस्या पनि हुुन सक्छ । यस्तो समस्याबाट बच्नका लागि खानपान सन्तुलित हुनु जरुरी छ । क्याल्सियम र प्रोटीनयुक्त चिजलाई खानामा सामेल गरे पनि मात्रा धेरै हुनुहुन्न ।

फलफुल र सागसब्जीलाई पनि खानामा समावेश गर्नुपर्छ । यिनमा भएका एन्टी अक्सिडेन्टले मिर्गौलालाई इन्फेक्सनबाट बचाउँछ । यसका अलावा मदिरा तथा धुमपानबाट टाढै रहनुपर्छ, किनभने यिनले कलेजो र मिर्गौलालाई नोक्सान पुर्याउँछ । यदि खानपानको स्वस्थ बानी बसाल्ने हो भने मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना हुँदैंन ।

यी कुरा कहिल्यै नबिर्सनुस्: यदि कुनै औषधि सेवन गरेको छैन भने स्वस्थ व्यक्तिको पिसाब रंगहीन हुनुपर्छ ।
प्रतिदिन करिब ४ लिटर पानी पिउने व्यक्तिको हरेक ३ घण्टाको अन्तरालमा पिसाब लागेको हुनुपर्छ । रोकिई–रोकिई अलि–अलि पिसाब आउनु, बारम्बार ट्वाइलेट जानुपर्ने महसुस हुनु, पिसाब गर्दा पीडा हुनु, पोल्नुु र खुट्टा सुन्निनुजस्ता लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ, किनभने यस्ता लक्षण देखिए मिर्गौलामा समस्या आएको हुन सक्छ । यदि कुनै व्यक्तिलाई मधुुमेह या उच्च रक्तचापको समस्या छ भने चिनी र नुनको सेवन सीमित मात्रामा गर्नुपर्छ र हरेक वर्ष एकपटक किड्नी फङसन टेस्ट गराउनुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।