यस्ता छन् नियमित काजु खानुका २१ फाइदा, जान्नुहोस् काजुमा के-के पाइन्छ ?

एजेन्सी । महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ । यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

काजु प्रोसेसिङ गर्ने काम पनि निकै कठिन मानिन्छ । सामान्यतया काजुलाई हातले छोडाउनुपर्ने हुनाले लेबर कस्ट ज्यादा पर्छ । त्यसैले पनि काजु महँगो पर्न गएको हो । काँचो काजु चाहिँ नखाँदा बेस मानिन्छ, किनकि काँचो काजुमा उरुसिओल नामको एक किसिमको टक्सिन केमिकल पाइन्छ, जसले शरीरमा पोइजन हुने डर पर्याप्त हुन्छ ।

काजुमा कुन तत्व कति पाइन्छ ?
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।

नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
– हड्डी मजबुत गराउँछ ।
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

– अनुहारको छालामा चमक ल्याउँछ ।
– कुनै साइड इफेक्ट गर्दैन ।
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
– कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ ।
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖