विवाहपछि पनि आफुलाई कसरी फिट राख्ने ?

एजेन्सी । विवाह पश्चात्त महिला तथा पुरुषको जीवनमा धेरै कुरा बदलिने गर्छ । जसले गर्दा उनीहरु घर परिवारमा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई आफ्नो लागि समेत पर्याप्त समय हुँदैन ।

यसले शरीरमा उर्जाको पनि हुनुका साथै नैराश्यता समेत उत्पन्न हुने गर्छ । नैराश्यताकै कारण श्रीमान श्रीमति एक अर्काबाट टाढा हुने गर्दछ । त्यो कम गर्नका लागि पनि श्रीमान श्रीमतिले आफै कुनै विकल्प खोज्न जरुरी छ ।
आफ्ना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा दैनिक गरिने कार्य तथा खानेकुरा र तयसमा भएको क्यालोरीको सुची बनाउने । –त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औल्याउने ।

– विहान विहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एक अर्कासित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ ।
– कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । ।
– घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।

– विवाहको छ महिना पछि नै ५(७ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने ।
– पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।
– व्लड प्रशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।
– बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने ।

प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले
सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् । । र, आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्पे्ररित भई आफूलाई फिट राख्ने गर्दछन् ।
-महिला स्वास्थ्यबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।