‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

कर्णाली, २० साउन (रासस) : सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरुले पूरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रस्तोता भट्टराईले स्तनपानसम्बन्धी महत्वपूर्ण जानकारी, यस क्षेत्रमा थालिएको अभियान र गरिएका प्रयासबारे अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “विगतको स्तनपान गराउने विधि, तरिका, सोच र शैलीमा फरक आएको छ । आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ ? बिगौती दूधको महत्व के हुन्छ ? बच्चालाई दूध पुगे÷नपुगेको थाहा पाउने कसरी ? भन्नेबारे सजिलै जानेका छन् । तर पनि अन्य प्रदेशभन्दा कर्णालीमा स्तनपानको अवस्था कमजोर छ ।” यसको कारण भनेकै शैक्षिक र आर्थिक कमोजरी भएको अधिकृत भट्टराईको भनाइ थियो ।

अन्तरक्रियामा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा रबिन खड्काले शिशुका लागि पहिलो भ्याक्सिन आमाको दूध भएको ठोकुवा गर्नुभयो । ‘स्तनपान, अमृत समान’ त्यसै भनिएको होइन । शिशुका लागि आमाको दूध जत्तिकै संसारमा अरू केही छैन र यसलाई तुलना गर्न मिल्दैन,” उहाँले भन्नुभयो । पछिल्लो समयमा अप्राकृतिकरुपमा शिशुलाई खुवाइने दूधलाई प्रतिस्थापन गर्न विश्वले स्तनपान सप्ताह मनाउँदै आएको निर्देशक डा खड्काले बताउनुभयो । सिजेरियन सेक्सन (सिएस) गर्दा दूध नआउने र अप्राकृतिक रुपमा दूध खुवाउने क्रम बढिरहेको जनाउँदै उहाँले यसको हुनुमा भौतिक, मनोवैज्ञानिक र स्थानगत अवस्था प्रमुख कारण भएको जिकिर गर्नुभयो ।

“विना लगानीको कार्य आमाले गराउने स्तनपान हो यद्यपि आमामाथि भने लगानी गर्नुपर्दछ”, निर्देशक खड्काले भन्नुभयो, “पछिल्लो समयमा नेपाल सरकारले शिशुको स्तनपानका लागि सबै सरकारीदेखि सार्वजनिकस्थलमा स्तनपान कक्षको नीति ल्याएको छ ।” यद्यपी कर्णालीका एकादबाहेक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना नगरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नेपालमा स्तनपानभन्दा मद्यमान कक्ष बढी भएको व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्राकृतिकबाट अप्राकृतिकतर्फ गइरहेका छौँ । अनि कसरी हृष्टपुष्ट नागरिक उत्पादन हुन सक्छ ?” यसले गर्दा प्राकृतिक स्तनपान प्रतिस्थापन गर्ने विरुद्ध सजाय गर्ने गरी सरकारले कानुन बनाउनुपर्ने बाध्यता आइलागेको प्रमुख गौतमको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेतका सचिव ललित बुढाले राजनीतिक दलहरुको कार्यालय स्तनपानमैत्री छन् वा छैनन् विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । “यसको सुरुआत नीति निर्माण गर्ने नेतृत्व तहबाट हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि कार्यान्वयन तहमा काम गर्नेहरुले अनिवार्यरुपले गर्छन् ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।