आँखा पाक्ने रोग सर्न नदिन के गर्ने?

डा.दिपक कुमार साह,दृष्टि रोग विशेषज्ञ । अहिले आँखा पाक्ने रोग एडिनो भाइरसले गर्दा भएको हो। यो प्रकोपको रूपमा बढेको छ। भाइरसको कारणले भएकाले यो बढी संक्रामक छ।

वर्षा हुने मौसममा यस्तो हुन्छ। जुलाई र अगष्ट महिनामा दक्षिण एसियामै आँखा पाक्ने रोगको समस्या बढेको छ। प्रतिरोधी क्षमता कमजोर भएका, रूघाखोकी भएकाहरूलाई पहिला आँखा पाक्ने रोग देखिन्छ। आँखा पाक्ने समस्या र रूघाखोकीको समस्या सँगै आउँछ।

आँखा पाक्ने रोगका लक्षणहरू

-आँखा रातो हुने
-आँखाबाट बारम्बार आँसु आउने
-घाममा हेर्न अप्ठ्यारो हुने
-आँखामा कचेरा आउने
-आँखाको डिलहरू सुन्निने

आँखा पाक्ने रोगको समय ४ दिनदेखि २४ दिनसम्म हुन्छ। आफ्नो समय चक्र पूरा गरेपछि आफैं ठीक हुन्छ। ३ देखि ४ हप्तासम्म यो रोग आफैं ठीक हुन्छ। जटिल समस्या आउन नदिन मात्रै उपचार गर्ने हो। ७ देखि २१ दिनसम्म पनि ठीक गर्न सकिन्छ।

जसको आँखा पाकेको छ, उसले होसियारी अपनायो भने थोरैलाई सर्छ। सफा गर्ने, सफा र चिसो पानीले आँखा सफा गर्ने, आपसमा कुरा गर्दा चस्मा लगाउनुपर्छ। यो रोग सर्ने मुख्य माध्यम आँसु हो। सँगै बसेर खाँदा यो रोग सर्छ भन्ने होइन। आँसुका थोपाहरू अर्को आँखामा नपुग्दासम्म केही हुँदैन। उसले प्रयोग गरेको कपडा, रूमाल, साबुन अरूले प्रयोग गर्न हुँदैन। आँखा पाकेको व्यक्ति आइसोलेसनमा बस्नुपर्छ। २ देखि ३ दिनसम्म आइसोलेसनमा बस्यो भने सर्ने सम्भावना धेरै कम हुन्छ।

यदि बच्चाहरूमा आँखा पाक्ने समस्या छ भने लगभग १ हप्ता स्कुल पठाउन हुँदैन। अहिले नेपालका सबै आँखा अस्पताल र अस्पतालका आँखा विभाग भरिएका छन्। यसलाई महामारीभन्दा फरक पर्दैन। भारतसहित दक्षिण एसियाका अन्य मुलुकमा आँखा पाक्ने रोग फैलिएको छ।

(दृष्टि रोग विशेषज्ञ डा.दिपक कुमार साह नेपाल दृष्टि विशेषज्ञ संघका महासचिव हुन्।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।