गलत सन्देशका कारण सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टू सम्पर्कमा आयो

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो ।

नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भ्वायजर टू सम्पर्कमा आएको बीबीसीले जनाएको छ । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग गरेको हो ।

पृथ्वीबाट १२ अर्ब माइल टाढा रहेको भ्वायजर टू मा पृथ्वीबाट पठाएको सन्देश पुग्न १८ घण्टा र त्यहाँबाट पृथ्वीमा सन्देश आइपुग्न पनि १८ घण्टा नै लाग्छ । सन् १९७७ मा प्रक्षेपण गरिएको भ्वायजर टू ले वृहस्पति र शनिसहित चन्द्रमाहरुको अनुसन्धानका लागि महत्त्वपूर्ण सन्देशहरु पठाइरहेको थियो ।

भ्वाएजर वान र भ्वायजर टू एकै वर्ष अन्तरिक्षमा पठाइएका थिए । यी दुवै अन्तरिक्षबाट सबैभन्दा टाढा रहेका अन्तरिक्ष यान हुन् । भ्वायजर टू ले केही समयदेखि सूर्यबाट बाहिर निस्कने अत्यधिक ऊर्जावान आयनहरू मिलेर बनेको इन्टर स्टेलर स्पेसको अन्वेषण गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।