यस्ता छन् आँखा पाक्ने रोगबाट बच्ने उपायहरु

काठमाडौ । अहिले गर्मीको मौसम छ । धुवाँ धुलो प्रदुषित वातावरणले अनेका प्रकारका स्वास्थ्य समस्या देखा परिरहेका छन् । यस्ता समस्या मध्ये आँखाको समस्या धेरैमा हुने गरेको छ । आँखाका समस्या पनि अनेक प्रकारका देखिएका छन् । जसमध्ये आँखा पाक्ने समस्या सबै भन्दा बढी हुने गरेको छ ।

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको छ ।

आँखा पाक्ने रोग सरुवा रोग हो । आँखाको सेतो भागमा कुनै पनि संक्रमण हुँदा आँखा पाक्छ । संक्रमित आँखामा जिवाणुहरूको छिटो प्रवेश हुन्छ । समयमै सावधानी नअपनाए आँखामा गम्भीर समस्या पर्नसक्छ ।

आँखा पाक्ने रोगका लक्षण यस्ता छन् :

आँखा रातो हुने ।
आँखा बिझाउने र चिलाउने ।
आँशु बग्ने ।
आँखाका परेलाहरु सुन्निने ।
आँखाको डिल सुनिएर हेर्न समस्या हुने ।
संक्रमण भएको केही दिनपछि दृष्टि धमिलो हुने ।
बच्ने उपाय

आँखालाई सधै स्वस्थ राख्न सम्भव भएसम्म स्वच्छ वातावरणमा बस्ने ।
धुवाँ धुलोबाट बच्ने ।
आँखा बढी नमाड्ने ।
पोसिलो खाना खाने ।
आँखा पाकेका व्यक्तिले प्रयोग गरेको तौलिया तथा लुगा, ओछ्यान प्रयोग नगर्ने ।
आँखामा समस्या आए अनुमानको भरमा औषधि प्रयोग नगर्ने ।
आँखामा कुनै पनि समस्या या लक्षण देखिए तुरुन्त विशेषज्ञद्वारा परीक्षण गराउने ।
उपचार

सामान्य देखिएको आँखा अकस्मात् रातो देखिएमा आँखामा केही समस्या छ भन्ने बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ जानुपर्छ ।
आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने आँखा पाकेको हुन सक्छ । यस्तो हुन नदिन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनुपर्छ ।
आँखा पाकेको वेला आँखाबाट पानी बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी पनि निस्कन सक्छ । यस्तो वेला नडराईकन संयम अपनाउनुपर्छ ।

आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन ।
बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन ।

आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ
कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।