धनकुटामा नेपाली कांग्रेसको आन्तरिक संगठन सुदृढीकरण अभियान शुरु

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरिक विशेष अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष अभियानको विरुवामा पानी लगाएर उद्घाटन गर्दै अव कांग्रेसलाई कसैले पनि हराउन नसक्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको सभापतित्वमा भएको संगठन सृदृढीकरण र विस्तार अभियानको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले क्षेत्र,पालिका र वडाहरुमा खटिएका प्रतिनिधिहरुले गर्नु पर्ने कामको वारेमा,जिल्ला सचिव विजय सन्तोषी राईले अभियानको उदेश्यमाथि र उपलब्धीको वारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले र सहसचिव गिरिजा प्रसाद दाहाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शुभ कामना मन्तव्य संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य सूर्य राई,यूवा नेता कमोट कुमार फागुले व्यक्त गर्नु भएको थियो ।सो अवसरमा जिल्ला सदस्य तिर्थ राई,चन्द्र याक्खा,टिका भण्डारी लगायतले सुझाप दिनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा साउन २० गते देखी साउन ३० गते सम्म क्षेत्र,पालिका,वडा र टोल टोलमा आन्तरीक संगठन सुदृढीकरण गर्न प्रतिनिधिहरु पठाएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाले प्रदेश सभा क्षेत्र नं. १ मा संविधान सभा सदस्य लिला सुब्बा र क्षेत्र नं. २ मा संविधान सभा सदस्य अञ्जना ताम्लीलाई र धनकुटाको महालक्ष्मी नगरपालिकामा उपसभापती निर्मल ओझा,सागुरीगढी गाउपालिकमा उपसभापति सुनिल कुमार डंगोल,धनकुटा नगरपालिकामा जिल्ला सचिव विजय सन्तोषी राई,पाख्रिवास नगरपालिकामा जिल्ला सचिव जयन्द्र घिसिङ्ग,सहिदभूमी गाउपालिकामा जिल्ला सहसचिव रोशन श्रेष्ठ,छथरजोरपाटी गाउपालिकामा सहसचिव गिरिजा प्रसाद दाहाल र चौविसे गाउपालिकामा प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेलाई र वडाहरुमा जिल्ला सदस्य तथा पार्टीका नेताहरुलाई अभियानको लागी परिचालन गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।