रिसले मुटु, दिमाग र पेटलाई रोगी बनाउँछ : यो चिन्ता भन्दा खतरनाक हुन्छ, स्मरणशक्ति कमजोर हुन्छ

एजेन्सी । रिसमा मानिसको दिमाग फुट्न थाल्छ भनेको सुन्नुभएको होला तर यसको वास्तविकता योभन्दा पनि निकै खतरनाक छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ । यसले दिमागलाई मात्र होइन मुटु र पेटलाई पनि बिगार्छ । यसले दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ । बाल्टिमोरको जोन हप्किन्स अस्पतालका कार्डियोलोजिस्ट डा. इलान शोर विटस्टेन भन्छन्, ‘रिस वा निराशाले शरीरको न्युरोहर्मोनल प्रणालीमा धेरै दबाब दिन्छ, जसले आपतकालीन अवस्था निम्त्याउन सक्छ । यो लामो समयसम्म रहिरहे मानिसको मृत्युसमेत पनि हुनसक्छ । क्रोधले हाम्रो हृदय प्रणालीदेखि हाम्रो स्नायु प्रणालीसम्म सबैलाई असर गर्छ ।

रिसले शरीरको हरेक अंगलाई असर गर्छ, रिसले मुटुमा असर गर्छ: ब्रोकन हार्ट सिन्ड्रोमका विशेषज्ञ डा. विटस्टेन भन्छन्, ‘रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले नै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल जस्ता हृदय रोग छ भने, हृदयघात हुन सक्छ । ’ डा. विटस्टेन थप्छन्, ‘रिसले रक्तचाप बढाउँछ, नसा खुम्चिनुका साथै प्रतिरोधी क्षमताबाट पचाउने खालको सेल निस्कन्छ । यो सबै एकैपटक हुन्छ । यसले धमनीहरु अवरुद्ध हुन्छन् ।’

दिमागले निर्णय लिन सक्दैन: रिसमा दिमागले सही निर्णय लिन सक्दैन । युनिभर्सिटी अफ शिकागोका मनोरोग तथा बिहेवियरल न्युरोसाइन्सका प्राध्यापक डाक्टर रोयसे ली भन्छन्, ‘कुनै खास कारणले उत्तेजित हुँदा दिमाग केही गरेर देखाउनका लागि पनि प्रेरित हुन्छ । मानिसले रिसमा त्यो कुरा भन्छ र गर्छ जुन उसलाई मन पर्दैन । रिसमा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रीत हुन पाउँदैन ।’

पेटको समस्या: भावना र पेटको नजिकको सम्बन्ध छ । रिसका कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन । कब्जियत हुन थाल्छ । डाक्टर एटिनजिन भन्छन्, ‘रिसमा पेटको मांसपेशी बढी सक्रिय हुने गर्छ । कतिपटक आन्द्रा आफ्नो स्थानबाट हट्ने गर्छ । यसले झाडासमेत हुनसक्छ । कतिपटक रिसका कारण पेट बटारिन पनि थाल्छ । कतिपटक भोक लाग्नसमेत बन्द हुन्छ ।

आफूलाई फिट राख्नुहोस् र पर्याप्त सुत्नुहोस्: डा. विलियम बर्ग, क्लिनिकल मनोवैज्ञानिक र येल स्कूल अफ मेडिसिनका प्रोफेसर भन्छन्, ‘रिसलाई रोक्न सधैँ सम्भव हुँदैन, तर हामी यसलाई कम गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्नुहोस् र पर्याप्त निद्रा लिनुहोस् । यसले रिस नियन्त्रणमा रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖