चर्को घामबाट बच्न कुन बढी फाइदाजनक, तरबूज कि खरबूजा ?

तरबूज र खरबुजा गर्मीमा सबैभन्दा धेरै खाने फल हुन् । स्वादमा राम्रो हुनुका साथै स्वस्थ्य पनि राम्रो हुन्छ । यी दुवै फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ, जसका कारण शरीरमा पानीको कमी हट्ने गर्दछ । यी दुईको सेवनले शरीरलाई गर्मीबाट आराम मिल्छ । साथै, यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। आज हामी तपाईलाई तरबूज र खरबुजाका विभिन्न फाइदाहरुका बारे बताउनेछौँ । यसको साथमा तपाईको दिमागमा पक्कै एउटा प्रश्न आउनेछ कि तरबूज र खरबुजा सँगै खान सकिन्छ ?

तरबूज र खरबुजामा पाइने पोषक तत्वहरुः
खरबुजामा फाइबर, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन बी६, भिटामिन ए र के, फोलेट, म्याग्नेसियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ। साथै, तरबूजमा फाइबर, भिटामिन सी, भिटामिन ए, पोटासियम, म्याग्नेसियम, भिटामिन बी१, बी५ र बी६, आइरन, नियासिन, लाइकोपीन जस्ता पोषक तत्व पाइन्छ।

गर्मीमा तरबूज खानुका फाइदाहरुः
–तरबूजले डिहाइड्रेसन हटाउँछ।
–तरबूज वजन कम गर्न सकिन्छ।
–तरबूज मुटुको लागि राम्रो।
–तरबूजले पाचन शक्तिलाई बलियो बनाउँछ।
–तरबूजले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
–तरबुजाले रक्तचाप नियन्त्रण गर्छ।

गर्मीमा खरबुजा खानुका फाइदाहरुः
–मुटुको लागि राम्रो
–आँखाको ज्योति बढाउँछ
–मृगौला स्वस्थ राख्न

तरबूज वा खरबुजा के बढी लाभदायक ?
तरबूज र खरबुजा दुवै तौल घटाउनका लागि फाइदाजनक हुन्छ । यी दुबैमा उच्च फाइबर र कम क्यालोरी हुन्छ। तरबूज र खरबुजा दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ।

तरबूज र खरबुजा सँगै खान सकिन्छ ?
तरबूज र खरबुजा दुवै मीठो फल हुन्। साथै, दुबैमा राम्रो मात्रामा पानी पाइन्छ। त्यसैले यी दुवैलाई सजिलै संगै खान सकिन्छ । तपाईं दुवैलाई बिहान वा दिनको समयमा सँगै लिन सक्नुहुन्छ। तर, राती खानु हुँदैन । यी दुवैमा फाइबरको मात्रा धेरै हुन्छ, जसले पचाउन समय लाग्छ। साथै, यी दुई खाएपछि तुरुन्तै पानी, दूध वा लस्सी जस्ता कुराहरु नपिउनुहोस् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।