‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर गयो ? एलन मस्कले गर्नेछन् असीमित आर्थिक सहयोग
एजेन्सी । ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण कुनै कर्मचारीलाई उसको रोजगारदाता कम्पनी वा कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यस्ता कर्मचारीलाई एलन मस्कले असीमित आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् ।
मस्क ‘एक्स’ (यसअघि ट्वीटरका नामले चिनिने) का मालिक हुन् । आफ्नो प्लेटफर्ममा लेखेकै कारण कुनै कर्मचारीमाथि अनुचित व्यवहार भएको पाइएमा त्यस्ता व्यक्तिलाई कानुनी उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा उनले गरेका छन् ।
मस्कले यस प्रकार दिइने आर्थिक सहयोगको कुनै सीमा नरहने पनि प्रस्ट पारेका छन् । उनले ‘एक्स’का प्रयोगकर्ताहरुलाई केही पोस्ट गरेको वा लाइक गरेकै कारण कार्यालयबाट केही गलत भएको छ भने आफूलाई जानकारी गराउन पनि आह्वान गरेका छन् ।


