औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

गल्याङ, २२ साउन (रासस) : स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।

त्यस्तै, भिरकोटमा एक सय आठ, चापकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका प्रमुख शर्माले जानकारी दिनुभयो । औषधि खुुवाएर गराइने गर्भपतन सेवा, सुुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उहाँले बताउनुुभयो । उहाँले उपकरण प्रयोग गनुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको सङ्ख्या बढी देखिएको दाबी गर्नुभयो ।

“निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौँ”, प्रमुख शर्माले भन्नुुभयो, “निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको सङ्ख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या डर लाग्दो छ ।” उहाँले असुुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुुभयो ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖