के तपाइलाई थाहा छ? चौबीसै घण्टा ब्रा लगाउँदा के हुन्छ

एजेन्सी । बाहिरी लुगा जतिसुकै राम्रो लगाए पनि यदि भित्री बस्त्र इनर वेयर शरीरमा फिट हुने भएन भने असहज मात्रै होइन स्वास्थ्यमा समेत असर पर्छ ।

भित्री बस्त्र त हो भनेर हेलचक्र्याँइ गर्दा स्वास्थ्यमा समस्या निम्तने बताउँछन् चिकित्सकहरू । सामान्यतया केटीहरू के सोच्छन् भने छोटो साइजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ ।

साथै जतिबेलै ब्रा लगाई राख्दा फिगर पनि राम्रो हुन्छ भन्ने उनीहरूको सोचाई हुन्छ । तर, यस्तो सोचाई गलत हो । चौबीसै घण्टा सम्म ब्रा लगाइराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

चौबीसै घण्टा ब्रा लगाउनाले छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।

दिनभर ब्रा लगाउँदा हुने साइड इफेक्ट
-स्तनमा पीडा – हुने जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेषगरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ, जसले साइजको ब्रा लगाउँदिनन् ।

-रक्त सञ्चारमा समस्या – चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्त सञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

– पिठ्यूँ दुख्ने – तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछन् ।

– छालामा समस्या – चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

– रातो बिमिरा आउने – धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

-फंगस फैलिने आंशका – चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।