नेपालमै बनेको पावर बैंक सार्वजनिक, राउटर, मोबाइल र सीसीटीभीमा प्रयोग गर्न सकिने

काठमाडौं । गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिले ‘निजी’ नामक मिनी इन्भर्टर सार्वजनिक गरेको छ । सोमबार एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले ‘जुनकिरी’ नामक बल्बसँगै ‘निजी’ पावर बैंक बजारमा ल्याएको हाे ।

निजीले पावर ब्याकअपको समस्या समाधान गर्ने कम्पनीले बताएको छ । टेकपानासँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक एनजे सुवेदीले गुणस्तरलाई ध्यानमा राख्दै यो प्रोडक्ट ल्याइएको बताए ।

“हामी गुणस्तरमा केन्द्रित छौं,” सुवेदीले भने, “भरसक बिग्रिँदैन । बिग्रियो भने पनि एक वर्षको रिप्लेसमेन्ट र दुई वर्षको मर्मत वारेन्टी हुन्छ ।”

८,८०० एमएएच क्षमताको ब्याट्री रहेको निजीमा १२ र पाँच भोल्टका दुई ओटा पोर्ट रहेका छन् । यो डिभाइसले विद्युतीय उपकरण जस्तै स्मार्टफोन, सीसीटीभी, क्यामेरा, राउटर लगायतका डिभाइसमा आवश्यक विद्युत आपूर्ति गर्ने सुवेदीले बताए ।

यो पावर बैंकले विभिन्न डिभाइसका लागि छदेखि आठ घण्टासम्मको ब्याकअप उपलब्ध गराउने कम्पनीको दाबी छ । त्यस्तै बत्ति जाने वित्तिकै निजीले जडान गरिएका डिभाइसलाई तत्कालै ब्याकअप उपलब्ध गराउन सक्छ । यो डिभाइसलाई नेपालमा उपलब्ध हुने प्रायः सबै जसो राउटरमा परीक्षण गरिसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निजीको मूल्य तीन हजार रुपैयाँ राखेको छ । उक्त डिभाइस यहाँ क्लिक गरेर अथवा नजिकैको बिजुली पसलबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले अँध्यारो र उज्यालोमा स्वतः अन अफ हुने लाइट ‘जुनकिरी’ पनि सार्वजनिक गरेको छ । विशेषगरी होर्डिङ बोर्ड, एड्भर्टाइजिङ बोर्डहरूमा राख्न सकिने उक्त बल्ब कम्पनीले होलसेलमा मात्र उपलब्ध गराउने बताएको छ । हाल प्लग उपलब्ध नभएकाले कम्पनीले होलसेलमा मात्र उपलब्ध गराउने नीति लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।