रगतमा चिनीको मात्रा नियन्त्रण गर्न यो तरकारी खानुहोस्

काठमाडौं। कहिले काहीँ औषधीले काम नगरेका रोगहरु केही समान्य हामीले खाइरहने खानेकुराहरुले पनि नियन्त्रण गर्न सक्छ । हो कोलेस्ट्रोल नियन्त्रणका लागि औषधी झै सावित भएको छ तितेकरेला।

करेला खान धेरैलाई मन पर्दैन । वास्तवमा, यसको तितो स्वादको कारण यो तरकारी थोरै मानिसहरूलाई मात्र यो मन पर्ने गर्दछ। तर करेला खानुका यति धेरै फाइदाहरू छन् कि तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ।

यस तरकारीमा भिटामिन सी, जिंक, पोटासियम, आइरन जस्ता पोषक तत्व पाइन्छ। मधुमेहका बिरामीका लागि यो कुनै वरदानभन्दा कम छैन । यति मात्र होइन, यो तौल घटाउनमा पनि प्रभावकारी मानिन्छ । करेलाका अन्य धेरै फाइदाहरू छन्। त्यसोभए जानौं, यो तरकारीका धेरै फाइदाहरू।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगीः
करेलाको स्वाद तितो भए पनि मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक हुन्छ । यसमा पाइने चरेन्टिन र पोलिपेप्टाइड पीले रगतमा चिनीको मात्रा नियन्त्रणमा सुधार गर्छ। मधुमेहको समस्या भएकाहरूले आफ्नो आहारमा करेला समावेश गर्नुपर्छ ।

वजन घटाउन मद्दत गर्दछः
करेलामा क्यालोरी कम हुन्छ र यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ। यो खाँदा लामो समयसम्म पेट भरि रहन्छ र यसले तौल घटाउन पनि मद्दत गर्छ । तपाईंले आफ्नो वजन घटाने यात्रामा करेला समावेश गर्नुपर्छ।

कोलेस्ट्रोलका बिरामीका लागि फाइदाजनकः

करेलाले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । यसले मुटुसँग सम्बन्धित रोगहरू कम गर्छ। यसमा यौगिकहरू छन् जसले कलेजोमा कोलेस्ट्रोल संश्लेषणलाई रोक्न सक्छ। स्वस्थ रहनको लागि करेलालाई आहारको एक हिस्सा बनाउनै पर्छ।

पाचन प्रणाली सुधार गर्दछः
करेलामा फाइबर पर्याप्त हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पेटको स्वास्थ्यलाई बढावा दिन्छ। कब्जियतको समस्या भएकाहरूका लागि करेला रामबाण साबित हुन सक्छ।

प्रतिरक्षा प्रणाली बलियो बनाउनः
करेलामा भिटामिन सी पाइन्छ । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसबाट धेरै प्रकारका संक्रमण र रोगबाट बच्न सकिन्छ

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।