अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

काठमाडौँ, २३ साउन (रासस) : पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या ( कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ ।

अहिले आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । आँखा अस्पतालहरुमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो ।

“सुरुआतमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो । अहिले देशैभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ”, उहाँले भन्नुभयो ।

सङ्घको तथ्याङ्कअनुसार अहिले दैनिक आँखाजाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा मात्रै करिब ८० प्रतिशत बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । सङ्घका महासचिव भरतबहादुर चन्दले देशैभर कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरेको समेत जनाकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत देशका विभिन्न जिल्लामा भाइरल कन्जंक्टिभाइटिस देखिएकोले सतर्क रहन सुझाव दिनुभयो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफैँ निको हुने हुँदा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगर्न सुझाब दिनुभयो । दृष्टि कम हुनेलगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्नुपर्ने चिकित्सकहरुले बताए ।

चिकित्सकका अनुसार भाइरल कन्जंक्टिभाइटिसले आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने ÷ दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लक्षण देखिन्छ । हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए तापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको छ ।

“भाइरल कन्जंक्टिभाइटिस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका भनेको सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडबाट बच्नुपर्छ ।”

यस्तै सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने जथाभावी आँखा नछुने र आँखा छुनु परेमा छुनुअघि वा छोइसके पछि साबुनपानीले मिचीमिची राम्रोसँग हात धुनपर्छ ।

नेपाल नेत्रज्योति सङ्घको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्राडा ज्ञानेन्द्र लामिछानेले भन्नभयो, “यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनुपर्छ । यस्ता बिरामीको आँखामा हेर्दैमा सर्दैन, बिरामीको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्नेसक्छ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।