आँखा पाक्ने रोग लाग्दा फोन वा कम्प्युटर चलाउन हुन्छ कि हुँदैन ?

काठमाडौं । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग ‘आई फ्लु’ (कन्जक्टिभाटस) तीब्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने पुस्टि भइसकेको छैन ।

आईफ्लु हुँदा चिकित्सकले बिरामीलाई आराम गर्न सुझाव दिएका हुन्छन् । त्यस्तो बेला आफूलाई व्यस्त राख्न स्मार्टफोन वा कम्प्युटरको बढी प्रयोग हुन्छ । तर, आईफ्लु हुँदा स्मार्टफोन वा कम्प्युटरमा स्क्रिन टाइम बिताउनु कत्तिको उपयुक्त हुन्छ ? टेकपानासँग कुरा गर्दै ग्रान्डी अस्पतालको आँखा विभागकी विभागीय प्रमुख डा. इरिना कंसाकारले भरसक नचलाउँदा नै राम्रो हुने सुझाव दिन्छिन् ।

“जतिसक्दो स्क्रिन टाइम घटाउनुपर्छ,” उनले भनिन्, “कति समय हेर्ने भन्ने हार्ड एन्ड पास्ट रुल हुँदैन । सकेसम्म जति कम हेरियो वा जति हेरिएन त्यति नै चाँडो आँखा निको हुन्छ ।”

जति चाँडो आँखा पाक्ने रोग सन्चो हुन्छ, त्यति नै आँखामा इन्फेक्सन हुने जोखिम कम हुने उनकाे भनाइ छ । ”आई फ्लु हुँदा आँखा सुन्निन्छ । आँखा सुन्निएको अवस्थामा बिरामीलाई हेर्न सकस परिरहेको हुन्छ । त्यस्तो अवस्थामा पनि ब्राइटनेस आवश्यकभन्दा बढी वा कम बनाउँदा आँखालाई बढी चाप पर्छ । आँखालाई बढी चाप परेको छ भने ढिलो सन्चो हुन्छ । त्यसैले भरसक एक हप्तादेखि १० दिनसम्म फोन वा कम्प्युटरबाट टाढै रहन सुझाव दिन्छु,” उनले भनिन् ।

तर, प्रयोग गर्नै पर्ने अवस्था छ भने स्मार्टफोन वा कम्प्युटरमा हुने ‘आई कम्फर्ट मोड’ मा प्रयोग गर्न सकिन्छ । कृत्रिम प्रकाशभन्दा प्राकृतिक प्रकाशमा रहेर काम गर्दा आँखालाई कम चाप पर्ने उनी बताउँछिन् ।

आँखा पाक्ने रोग आँखामा हेर्दैमा सर्दैन । तर, जब बिरामी भएको व्यक्तिले आँखामा छोएर कतै हात राखेको छ र अर्को स्वस्थ व्यक्तिले त्यही हात लिएर आँखामा हात लगाएको छ भने त्यस्तो अवस्थामा सर्छ । त्यसैले आफूले प्रयोग गर्ने स्मार्टफोन वा कम्प्युटर जन्य डिभाइसहरू अलग्याएर राख्न डा. कंशाकारले सुझाव दिएकी छिन् ।

“हामीले जानी नजानी दिनमा औसत ५० पटक आँखामा हात लगिरहेका हुन्छौं,” उनले भनिन्, “त्यही इन्फेक्टेट हात शेयरिङ गर्ने फोन वा अन्य डिभाइसमा लग्दा अरूलाई सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफूले प्रयोग गर्ने कुराहरू छुट्टयाएर राख्नुपर्छ ।”

उनले अगाडि भनिन्, “आई फ्लु हुँदा आँखालाई बढी आराम दिनुपर्छ । हामीलाई मौसमी रुघाखोकी लागेजस्तै आँखालाई आई फ्लु लागेको हो । रुघाखोकी लाग्दा जति आराम गर्‍यो, त्यति नै छिटो सन्चो हुन्छ । त्यस्तै आँखा पाकेको छ भने पनि आँखाले आराम पाउनुपर्छ ।”
-टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।