बिहान खाली पेटमा चिया पिउने लाई यी रोगको उच्च जोखिम !

एजेन्सी । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ ।

धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ ।

चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ । धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ । खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खानामा पोषक तत्व हुन्छ ।

खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ । खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन । जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ ।

मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ । धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖