यस्ता छन् मधुमेह रोगीका लागि अम्बा खानुका विशेष फाइदा

अम्बा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा मानिन्छ । यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन् । अम्बाको स्वाद अमिलो र गुलियो हुन्छ । यो प्राय गाँउ घरमा पाइन्छ । अम्बा रुखमा फल्ने फल हो । यसको सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुने गर्दछन् ।

अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ ।दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।फोलिक एसिड, विटामिन बी९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ।

यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ । मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक हुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।