नाइजेरियाकी खेलाडीलाई कुल्चेकोमा जेम्सले मागिन् माफी

सिड्नी । इंग्ल्याण्डकी फरवार्ड लरेन जेम्सले विश्वकपको अन्तिम १६ मा नाइजेरियाविरुद्ध जीत हासिल गर्ने क्रममा पाएको रातो कार्डका लागि माफी मागेकी छिन् ।

नाइजेरियाकी मिसेल अलोजीको ढाडमा कुल्चिएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले जेम्सलाई रातो कार्ड देखाइएको थियो । रातो कार्ड पाएपछि जेम्सले शनिबार कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेल गुमाउनेछिन् ।

‘जे भयो त्यसको लागि म माफी माग्न चाहन्छु,’ अलोजीलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो यो अनुभवबाट पाठ सिक्नेछु ।’ २१ वर्षीय खेलाडी समूह चरणको खेलमा इंग्ल्याण्डका लागि स्टार खेलाडीमध्ये एक थिइन् । उनले ३ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेकी थिइन् ।

यस विषयमा इंग्ल्याण्डले पनि एक वक्तव्य जारी गर्दै जेम्स आफ्नो हरकतका लागि शर्मिन्दा भएको बताएको छ । यता फिफाले जेम्सले गरेको कार्यका लागि थप खेलहरूमा प्रतिबन्ध लगाउने कि लगाउनेबारे निर्णय गर्ने तयारी गरेको छ । यदि सो कारबाही लागू भयो भने इंग्ल्याण्ड अर्को चरणमा प्रवेश गरे पनि जेम्सका लागि विश्वकप यहीँ नै अन्त्य हुनेछ । –बीबीसी

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।