मानिसले खानाका लागि प्रत्येक तीन जीवमध्ये एकको प्रयोग गर्छन् : अध्ययन

वैज्ञानिकले ४६,७५५ प्रजातिमा मानव जनित प्रभावबारे जान्न खोज्दा हामी जनावरको हालसम्मको सबैभन्दा ठुलो शोषणकर्तामध्ये एक हौँ भन्ने पत्ता लागेको छ ।

जङ्गली सिकारीको तुलनामा, जसको शरीरको आकार लगभग हाम्रोजस्तै छ र जसको भोक पनि समान छन्, हामी औसतमा लगभग सय गुणा बढी भर्टिब्रेट्स (मेरुदण्ड भएका) प्रजातिलाई समात्छौँ वा मारिदिन्छौँ ।

उदाहरणका लागि ह्वेलले खाने १२१ प्रकारका भर्टिब्रेट्स जीवमध्ये मानिसले ८३ को उपभोग गर्छन् । यो त कुरा भयो समुद्रको ।

जमिनमा पनि केही यस्तै छ स्थिति । अमेरिकामा सबैभन्दा खतरनाक बिरालोको प्रजातिमा पर्छन् जगुआर । चिता र चितुवा जस्तै । यसले ९ प्रकारका प्रजातिलाई खान्छन् । यस्तै, मानिसले यी सबै ९ प्रजातिलाई खान्छन् । साथै, २,६९८ अन्य प्रजातिको उपयोग गर्छन् जो ती क्षेत्रमा बस्छन् जहाँ जगुआर र मानिस एक अर्काको इलाकालाई साझा गर्छन् ।

क्यानडाको डलहौजी विश्वविद्यालयको समुद्री संरक्षण जीव विज्ञानी तथा अध्ययनकर्ताले भने, ‘यो स्पष्ट छ कि हामी एक प्रजातिको रूपमा को हौँ र हामीले के गरिरहेका छौँ । यसबाट पत्ता लागिसकेको छ कि मानिसको रूपमा हामी कति असामान्य प्रजाति हौँ । ’

यो अध्ययन कम्युनिकेसन बायोलोजी जर्नलमा प्रकाशित भएको छ ।
vertebratesअन्य जनावर विपरीत, मानिसले कौशल विकसित गरेको छ जसले हामीलाई विभिन्न प्रकारको वातावरणमा जीवित रहन मद्दत गर्छ । परिणामस्वरूप ठुला भर्टिब्रेट्सको तुलनामा मानिसको पशु प्रजातिको एउटा ठुलो सङ्ख्यासम्म पहुँच पुगेको छ ।

हाम्रो अत्यधिक विनाशको अर्को कारण यो हो कि हामीले खानाको लागि मात्र अन्य प्रजातिहरू उपभोग गर्दैनौँ । हामी यिनीहरूलाई लुगा बनाउन, परम्परागत औषधिहरू उत्पादन गर्न, स्मारिका ट्रिंकेटहरू बनाउन र अन्य चिजबाहेक कम्पनीमा पनि यसको उपयोग गरिन्छ ।

मानिसले कसरी अन्य जनावरको शोषण गर्छ भनेर बुझ्नका लागि अध्ययनकर्ताले इन्टरनेशनल युनियन फर कन्जर्भेशन अफ नेचर (आइयूसीएन) को आँकडाको विश्लेषण गरेको छ । यो एउटा यस्ताे सङ्गठन हो जसले विश्वभरिमा वन्य जीव प्रजातिमाथि निगरानी राख्छ । प्रत्येक प्रजातिलाई उसको भौगोलिक सीमा र मन पर्ने वासस्थानका साथै उनीहरू बसिरहेको स्थानमा, खतरासहित सूचीबद्ध गरिएको छ ।

यसले अनुसन्धानकर्तालाई मानवद्वारा शोषण गरिएका सबै १४,६६३ प्रजातिहरू र उनीहरू कसरी प्रयोग गरियो भनेर पहिचान गर्न मद्दत गर्‍यो ।

पीडित प्रजातिमध्ये ५५ प्रतिशतलाई खानाका लागि मारिन्छ भन्ने पत्ता लाग्यो । तीमध्ये अधिकांश अन्य स्तनधारी र माछा हुन् । यसबाहेक लगभग ५५ प्रतिशत शोषित प्रजातिलाई घर पालुवा जनावरको रूपमा राखिन्छ र अन्य ८ प्रतिशत वा सोभन्दा बढी मुख्य रूपमा पक्षी, सरीसृप र उभयचरको उपयोग उत्पादन बनाउनका लागि गरिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।