सफलताको शिखर चुम्न चाहनुहुन्छ ? अपनाउनुस् यी ७ उपाय

एजेन्ली । सफलताको शिखर चुम्न चाहनुहुन्छ ? अपनाउनुस् यी ७ उपाय
जीवनमा सफलता हात पार्नु छ भने सबैभन्दा पहिलो निरन्तरता दिनु महत्वपूर्ण कुरा हो । कुनै न कुनै समय जो कसैलाई पनि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ। केही व्यक्तिहरु त यस्ता समस्यामा अल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन्।

तर, केही व्यक्तिहरु हुन्छन् जो जस्तोसुकै दुःखमा वा समस्यामा पनि आत्तिँदैनन् र समस्यालाई सामना गरेर अगाडि बढ्न चाहन्छन्। उनीहरु दुःखसँग लड्दालड्दै हार्छन् तर हार मान्दैनन् र त सफल भएर निस्कन्छन्।

सफलता कहिल्यै सहज हुँदैन। जीवनमा सबै मुस्किलहरुलाई हराएर विजय प्राप्त गर्न चाहनुहुन्छ भने यी सात टिप्स अपनाउनुस् तपाईंका लागि फलदायी हुन सक्छन्ः

मानिसहरु तपाईंबारे के सोच्छन् भन्नेबारे सोच्न छोड्नुहोस्। यो तपाईंको काम होइन। तपाईं आफ्नो काम गर्नुहोस्, तपाईंबारे सोच्ने उनीहरुको काम हो भने उनीहरुलाई उनीहरुकै काम गर्न दिनुहोस्।

आफ्नो जीवनको तुलना दोस्रो व्यक्तिसँग कहिल्यै नगर्नुहोस्। कसैको बारे पनि पूरै सत्य कुरा थाहा नभएसम्म कुनै विचार नबनाउनुहोस्। तपाईंलाई थाहा पनि नहुन सक्छ कि उनीहरुले जीवनमा के के समस्या पार गरेर आएका हुनसक्छन्।

जीवन, सफलता तथा करिअरसँग जोडिएका सबै प्रश्नहरुको जवाफ थाहा नै हुनपर्छ भन्ने छैन। यस्ता प्रश्नहरुको जवाफ त्यति बेला मिल्छ जब तपाईं आफ्नो यात्रामा निरन्तर अगाडि चलिरहनु भएको छ र तपाईंलाई थाहा पनि छैन कि कहिले के हुने छ।

मुस्कुराउनु जीवनको सबैभन्दा ठूलो धरोहर हो। विश्वका सबै समस्या आफूसँग छैन भन्ने सोच्नुहोस् र मुस्कुराउनुहोस्।

आफ्नो खुसीका लागि तपाईं आफैं जिम्मेवार हुनुहुन्छ। त्यसलाई कसरी आफूसँग राखिरहने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ। कसैले पनि तपाईंका खुसी साट्न र उत्सव मनाउन तपाईंसम्म आउने कष्ट गर्दैन।

एउटा भनाइ छ, समय नै सबै कुराको मल्हम हो। जीवनमा आएका जस्तासुकै समस्या पनि केही समयमा समाधान हुन्छन्। हामीले त केवल समय दिनु मात्र पर्छ।

बितेका गल्तीहरुबाट पाठ सिक्नु जरुरी छ, तर त्यसैमा डुबेर एकोहोरो हुनु ठिक हुँदैन। आजलाई समस्यामा पार्ने त्यो बितेको घटना सम्झेर नबस्नुहोस्, यही नै तपाईंको सफलताको लागि सबैभन्दा ठूलो बाटो हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।