ह्यारी मग्वायर भित्र्याउन वेस्ट ह्याम सहमत

काठमाडौं । वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडका रक्षक ह्यारी मग्वायरलाई भित्र्याउन सहमति जनाएको छ ।

वेस्ट ह्यामले ३० वर्षीय मग्वायरलाई ३० मिलियन पाउन्डमा भित्र्याउन सहमत भएको बीबीसीले खुलाएको छ । गत सिजन म्यानचेस्टर युनाइटेडबाट पहिलो रोजाइमा पर्नका लागि संघर्षरत मग्वायरले यस सिजन टिमको कप्तानी जिम्मेवारी समेत गुमाएका थिए ।

मग्वायर र क्लबबीच व्यक्तिगत सर्तहरुमा सहमत हुन बाँकी रहे पनि त्यसमा कुनै समस्या नरहेको बीबीसीले जनाएको छ । मग्वायर सन् २०१९ मा ८० मिलियन पाउन्डमा लेस्टर सिटीबाट युनाइटेड भित्रिएका थिए ।

गत सिजन युनाइटेडबाट ३० खेल खेले पनि मग्वायरले आठ खेलमा मात्र पहिलो रोजाइमा मैदान उत्रिने मौका पाएका थिए । तर, युनाइटेडबाट पहिलो रोजाइमा पर्न संघर्षरत देखिए पनि मग्वायरले इंग्ल्यान्डको टिमबाट भने नियमत मौका पाउँदै आइरहेका छन् ।

गत वर्ष कतारमा भएको फिफा विश्वकपमा इंग्ल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा मग्वायर पाँचवटै खेलमा पहिलो रोजाइमा मैदान उत्रिएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।