देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’

काठमाडौँ — भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को संक्रमणबाट भएको पाइएकाे छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त्त भाइरस पुष्टि भएकाे हाे ।

साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त नमुनाहरुलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरुमा इन्टेरो भाइरस देखिएको हो ।

विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले देशभर फैलिएको आँखा पाक्ने रोगको मुख्य कारण पत्ता लगाउनका लागि नेपाल अफ्थालमिक सोसाईटी तथा नेपाल नेत्र ज्योति संघसँग सहकार्य गरेर सातैवटा प्रदेशबाट थप नमुनाहरु संकलन गरेर परीक्षण गर्ने योजना रहेको जानकारी गराए ‍।

याे राेगको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । याे राेग सबै उमेर समूहमा देखिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।