स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा, साविक उपविजेता नेदरल्याण्ड्स बाहिरियो

२६ साउन, काठमाडौं । टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वेलिङ्ऊटनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

साविक उपविजेता नेदरल्याण्ड्स भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

स्पेनका लागि ७१औं मिनेटमा अल्बा मारिया रेडोन्डो फेररको स्थानमा मैदान प्रवेश गरेकी साल्माले अतिरिक्त समयमा विजयी गोल गरिन् ।

त्यसअघि ८१औं मिनेटमा मारिया काल्डेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर, स्पेन जित नजिक पुग्दा नेदरल्याण्ड्सका स्टेफानी भान डेर ग्राटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएकी हुन् ।स्पेनले अब जापान र स्वीडेनबीच शुक्रबारै हुने क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।