सुगर देखि हाडजोर्नीको दुखाइसम्मका लागि अमृत समान हुन्छ यो फूल

एजेन्सी । हाम्रो वरिपरिका वनस्पतिबाट हाम्रा पूर्वजहरुले औषधि बनाउँथे र तिनै वनस्पतिको प्रयोगले नै निको पनि हुन्थे । ती वनस्पतिहरुले कुनै नकारात्मक असर पनि नगर्ने हुनाले मानिसहरु स्वस्थ रहन्थे र उनीहरुको आयू पनि लामो हुने गर्थ्यो । हामीले प्रयोग गर्ने औषधि तिनै वनस्पति प्रयोग गरेर बनाइएका हुन्छन् , तर ती औषधिहरुमा रसायन पनि प्रयोग गरिएको हुन्छ जसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर गर्छ र अरु विभिन्न रोग उब्जाउँछ ।

कनेर एक किसिमको फूल हो । यो हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा पाइन्छ । यो फूल सेतो, रातो, पहेंलो लगायत रंगमा हुन्छ । यो फूल विशेष गुणहरुले भरिपूर्ण फूल हो । यो फूल यति कडा हुन्छ कि, यसको वरिपरि सर्प आउँदैन । सर्प, विच्छी आदि विषालु किराले टोकेको ठाउँमा यो फूल लगाउनाले निको हुन्छ ।

यसको लागि फूललाई मिचेर त्यसको सेतो पदार्थ निकाल्नुपर्छ । किराले टोकेको संगै यस फूलको रसले काटेको, पोलेको लगायत अन्य घाउलाई पनि निको पार्छ । यो फूल हरेक जसो बिमारको लागि औषधि मानिन्छ । करेन फूल मधुमेह जस्तो रोगको लागि पनि औषधि हो । मधुमेह रोग भएका व्यक्तिले यो फूलको रस पिउनाले मधुमेह कन्ट्रोलमा आउन थाल्छ, साथै यसले छाती समबन्धि समस्या पनि कम गरिदिन्छ ।

यो फूललाई लेप बनाएर जोर्नीमा लगाउनाले जोर्नी दुख्ने समस्या कम हुँदै जान्छ । यो रसलाई लगाउने या त फूललाई थिचेर पेस्ट बनाएर अनुहारमा लगाउने गर्नाले अनुहारको जस्तोसुकै दाग पनि हट्छ र अनुहार सफा तथा चम्किलो हुन्छ । अनुहारको साथै कपालको लागि पनि यो फूल औषधि सावित हुन्छ । यो फूललाई केरा र तिल संग मिलाएर लगाउनाले कपाल झर्ने समस्या हट्दै जान्छ । यसको रस कपालमा लगाउनाले कपाल फुल्ने क्रम पनि कम हुँदै जान्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।