यी तीन तरिका, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

एजेन्सी । सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् ।

अर्कोतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने गरेका थिएनन् । सँगै समय बिताउनुको मतलब सम्बन्धमा नजिक आउनु हो । हामी यो निश्चित रुपमा भन्न सक्दैनौं । अझै पनि विवाहित सम्बन्धमा कतिपय गुनासाहरु हुन्छन् । निषेधाज्ञाको समयमा यस्ता गुनासाहरु झनै थपिएका छन् ।गुनासो विश्वव्यापी सत्य हो, हामी यो मानेर त्यसै बस्न सक्दैनौं । गुनासो र कटुताको आवृत्ति कम गर्नका लागि प्रयास गर्नुपर्छ । गुनासोलाई गहिरिँदै जान दिनुहुँदैन । यहाँ त्यस्ता साना औषधिको सुझाव दिइएको छ जसले सम्बन्धमा प्रेम बढाउन भूमिका खेल्छ ।

images
images
साझेदारीले प्रेम बढ्छ, रिमोट कन्ट्रोल पनि सेयर गर्नुहोस् :

हिजोआज सबैको आफ्नै स्मार्टफोन हुन्छ । यसका बाबजुद घरको ठूलो पर्दा यानी टिभीको आफ्नै महत्व हुन्छ । हाम्रो सबै काम पूरा गरिसकेपछि, मोबाइलबाट दूरी बनाउने नाममा हामी प्रायः टिभीमा रमाउने गर्छाैं ।

टिभीमा के हेर्ने भन्नेमा परिवारका सदस्यहरुको मत विभाजन हुन्छ । पतिपत्नीबीच नै पनि यस्तो देखिन्छ । यस्तो अवस्थामा सँगै बसेर एउटै च्यानलमा सँगै रमाएर हेर्न सकियो भने यसले प्रेम बढाउँछ । आफ्नो साथीले खोजेको च्यानल लगाउन सहजै रिमोर्ट दिनु पनि एक प्रकारको स्नेहको स्रोत बन्न सक्छ । यदि यो सम्भव भएन भने दुवैले सहमतिमा टिभी बन्द गरेर एकअर्काबीच कुराकानी गरेर पनि स्नेह बढाउन सकिन्छ ।

स्पर्श :

एकअर्कालाई गरिने स्पर्श आफैँमा सम्बन्ध बढाउने उपाय हो । यसले सम्बन्धलाई पुनर्जीवित गर्न ठूलो भूमिका खेल्छ । बस याद गर्नुहोस्, सम्बन्धको प्रारम्भिक दिनहरुमा यदि एक अर्काको हात समाएर हिँड्दा कति स्नेह बढ्ने गर्दथ्यो ? निःसन्देह स्पर्श जीवनकाल भरको लागि बढी हुन सक्दैन । तर स्पर्शको महत्व रहनेछ । हामी शरीर मालिस गरिदिने, टाउको मालिस गरिदिने जस्तो प्रक्रियाबाट पनि एकअर्कामा स्पर्श गर्न सक्छौं । कहिलेकाहीँ तपाईं दुवै एकअर्कालाई हल्का तातो तेलको प्रयोग गरेर पनि मालिस गर्न सकिन्छ । यसले पनि माया बढाउन सहयोग गर्ने गरिन्छ ।

सबै कुरा बोल्न सकिँदैन, लेखेर दिनुस्:

अहिलेको पुस्तामा लेखन परम्परा हरायो । पहिलेपहिले एकअर्कालाई प्रेमको सन्देश पठाउने पत्र नै थियो । सबै कुराहरु बोलेर मात्र व्यक्त गर्न सम्भव छैन । त्यसैले अहिले पनि कतिपय व्यक्त गर्न नसक्ने कुराहरुलाई लेखेर दिनुहोस् । सबै कुरा लेख्न सम्भव छैन भने यसलाई इमोजीको मार्फत्बाट पनि व्यक्त गर्न सकिन्छ । इमोजी स्वचालित भावनाहरुको प्रसार गर्ने एउटा साधन हो । प्राविधिक उपायपछि अलिअलि लेख्ने कोसिस गर्नुहोस् । जुन कुरा सुनाउन सकिँदैन । त्यसलाई सन्देशमा व्यक्त गर्नुहोस् ।

यसको कारण यो हो जब हामी कागजमा लेख्न थाल्छौं, तब लेख्न लागिएको मान्छेको तस्वीर दिमागमा सेट हुन्छ । हामी उसैसँग सम्बन्धित सबै राम्रो र नराम्रो कुराहरु सम्झन थाल्छौं । त्यसमा हामीले नराम्रो कुरा नलेखेर राम्रो कुरा मात्रै कागजमा समेट्ने गर्छाैं । जसले एकअर्कामा प्रेम बढ्न जान्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖