उपन्यासकार संकेतलाई युद्ध साहित्य पुरस्कार प्रदान

लन्डन । यूकेनिवासी साहित्यकार केदार सुनुवार संकेतलाई युद्ध साहित्य पुरस्कार प्रदान गरिएको छ । उनलाई उपन्यास ‘अफगानी रणमैदान’ का लागि सन् २०२१ काे युद्ध पुरस्कार प्रदान गरिएको हाे ।

प्रत्येक दुई दुई वर्षमा वितरण गर्ने गरी पुरस्कारको स्थापना सन् २०२१(वि.सं. २०७८) मा स्थापना गरिएको थियोे । शनिबार साउथ ह्याराेमा आयाेजित एक कार्यक्रमबीच संकतलाई प्रमुख अतिथि कवि एवम् नेपाली प्रतिभा प्रतिष्ठान बेलयातका पूर्वअध्यक्ष दयाकृष्ण राईले पुरस्कारस्वरूप पचास हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

युद्ध कवि, उपन्यासकार एवम् युद्ध साहित्य सिद्धान्तका अभियन्ता गणेश राईकाे अध्यक्षतामा भएको कार्यक्रम युद्ध कवि अप्जसे कान्छाले सञ्चालन गरेका थिए । पुरस्कारको स्थापना युद्ध साहित्य र सिद्धान्तलाई प्रबर्द्धन गर्न स्थापना गरिएको अर्का युद्ध साहित्य अभियन्ता एवम् साहित्यकार नरेश काङमाङ राईले बताए । काङमाङ युद्ध साहित्य पुरस्कार काेष एवम् पहिचान साहित्य पुरस्कार काेष दुवैका संस्थापक समेत हुन् ।

पुरस्कार वितरण समारोहमा लेखक डा. सुमाया राई, सामाजिक अजियान्ता होम सुनुवार, कथाकार जया लक्ष्मी राई, साहित्यकार एवम् पत्रकार विश्वासदीप तिगेला, गायक एवम् सञ्चारकर्मी आकाश सुनुवार, गीतकार सञ्जीव पारदर्शी, गेसो उपाध्यक्ष छेत्रकला राई, साहित्यकार हरिसिङ थापा, गीतकार विश्वकाजी राई उपस्थित थिए । पुस्तकमाथि साहित्यकार नरेश काङमाङ राईले बाेलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।