श्रीमान् श्रीमतीको सम्बन्धमा दरार ल्याउने पाँच बानी

एजेन्सी । तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ ? वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना पार्टनरसँग सरसल्लाह नगरीकन किन्नुभएको छ भने यस्ता बानीले तपाईंको विवाह बरबाद गर्नसक्छ । यहाँ आज हामी तपाईंलाई यस्ता केही गल्तीबारे जानकारी दिँदै छौँ जसले श्रीमान् श्रीमतीको सम्बन्धलाई बिगार्न सक्छ ।

कुनै कुराको लत लाग्नु

एभरीडेहेल्थका अनुसार यदि तपाईंलाई सोसल मिडिया, मदिरा, ड्रग, सपिङ, जुवा आदिको लत लागेको छ भने यसले तपाईंको विवाहमा दरार निम्त्याउन सक्छ । यस्तो स्थितिमा तेस्रो व्यक्ति तपाईंको सम्बन्धमा निकै सजिलै प्रवेश हुन सक्छन् र विवाहमा धोकाको परिस्थिति निम्तिन सक्छ । यति मात्रै होइन, यदि तपाईं रातदिन फोनमा झुण्डिरहनु हुन्छ भने पनि यसले तपाईंको वैवाहिक सम्बन्धलाई लामो समय टिक्न दिँदैन ।

कुरा नगर्नु

यदि तपाईंहरू बीचको कुराकानी हरेक पटक झगडामा परिणत भयो भने, यो चेतावनी चिन्ह बन्न सक्छ । तपाईंहरुले एक अर्काको कुरा शान्तिपूर्वक सुन्न थाल्नु भयो भने र राम्रो वातावरणमा राम्रो भाषा प्रयोग गर्नुभयो भने बिग्रिएको कुरा पनि बन्न सक्छ । यो गाह्रो छ, तर धेरै आवश्यक छ ।

पार्टनरलाई शत्रु ठान्नु

तपाईंको कुनै दिन राम्रो नहुन पनि सक्छ । यसका लागि पार्टनरलाई गलत नदेखाउनुहोस् । त्यसैले झगडा गर्नुको साटो आफ्नो केयर गर्नुहोस् र पार्टनरलाई तपाईंको दिन खराब भएको र केही स्पेस चाहिएको जानकारी दिनुहोस् ।

आफूहरू बीच कुनै तेस्रो व्यक्तिलाई ल्याउनु

आमाबाबु वा दाजुभाइसँग धेरै नजिक भए पनि श्रीमान्–श्रीमतीबीचको झगडामा तेस्रो व्यक्ति ल्याउने प्रयास गर्नुभयो भने यसले तपाईंबीचको समस्या घटाउने होइन बढाउने काम गर्छ ।

स–सानो कुरामा बहस

स–सानो कुरामा अल्झिएर झगडा गर्न थाल्नुभयो भने यसले सम्बन्धमा तिक्तता निम्त्याउँछ । तपाईंहरु बीचको सम्बन्ध राम्रो होस् भन्ने चाहनुहुन्छ भने एक अर्कामाथि विश्वास गर्नुहोस् र यस्ता खराब बानीहरू त्यागेर सम्बन्धलाई जोगाउने प्रयास गर्नुहोस् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।