यी रोगका लागि रामवाण औषधि हो मकैको जुँगा ,कसरि प्रयोग गर्ने ?

एजेन्सी । हरियो मकै पोलेर खानुको मज्ज्जा नै छुट्टै छ । तर यदि तपाईं मकै खाँदा त्यसको जुँगा फाल्नुहुन्छ भने अब यसो नगर्नुहोस्। मकै जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छन्, जुन धेरै रोगको लागि लाभदायक हुन्छ । मकैको जुँगाको ड्रिंक्स बनाएर खाने हो भने यसले मिर्गौलालाई स्वस्थ राख्नुका सथै यसले थुप्रै रोगहरूबाट बचाउन मद्दत गर्छ । आउनुहोस् यो कुरा जान्नुहोस् कि कसरी घरमै मकैको जुँगाको ड्रिंक्स बनाउन सकिन्छ र यसको फाइदा के-के हुन्छन् भनेर ?

मूत्रवर्धक एजेन्ट: मकैको जुँगाको चिया एक प्राकृतिक शक्तिशाली मूत्रवर्धक एजेन्टको रूपमा प्रयोग गरिन्छ । यसले शरीरबाट बढी पानी र विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, जसको कारण पानी प्रतिधारण सम्बन्धित समस्याहरू कम हुन्छ । धेरै अनुसन्धानका अनुसार लामो समयसम्म यसको प्रयोगले हृदय सम्बन्धि रोग तथा मिर्गौला रोग लगायतका धेरै स्वास्थ्य जोखिमहरूलाई कम गर्छ ।

पत्थरीको लागि रामबाण: पत्थरीबाट पीडित मानिसको लागि मकैको जुँगाको चियालाई रामबाण उपाय मानिन्छ। यसले तपाईंको मिर्गौलामा जम्मा भएको विषाक्त पदार्थ र नाइट्रेट्स हटाउँछ जसको कारण पत्थरीको जोखिम कम हुन्छ र पत्थरी भएको मानिसको शरीरमा रहेको पत्थर बिस्तारै गलाएर बाहिर निकाल्छ ।

मधुमेह नियन्त्रण: हालसालै गरिएको अनुसन्धानका अनुसार मकैको जुँगाको चियाले रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । मकैको जुँगामा प्रचुर मात्रामा हुने भिटामिन र खनिजहरूको कारणले रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा रहन्छ, जसको कारण मधुमेह नियन्त्रणमा रहन्छ ।

रगत जन्म मद्दत गर्छ: मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मे क्षमता बढाउँछ । यसको कारण चोटपटक लाग्दा अत्यधिक रगत गुमाउनु पर्दैन । रक्तचाप नियन्त्रण गर्छ: आजको समयमा धेरै मानिस उच्च रक्तचापबाट पीडित छन् । यस्ता मानिसले उच्च रक्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन् ।

पाचन तन्त्र मजबूत बनाउँछ: यसले तपाईंको पाचन प्रणाली मज्बोत बनाउँछ । यसलाई एक राम्रो आहार पनि मानिन्छ । प्रोटीन उच्च मात्रामा हुने भएकोले पनि यसलाई स्वास्थ्यको लागी लाभदायक मानिन्छ । मोटोपना कम गर्न: मकैको जुँगा मोटोपनाबाट छुटकारा पाउन पनि निकै सहयोगी हुनसक्छ । शरीरमा पानी प्रतिधारण समस्याको र विषाक्त पदार्थ जमेको कारण मानिस मोटोपनाबाट ग्रस्त हुन्छन् । मकैको जुँगाले यी चीजहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ जसले वजन घटाउने प्रक्रिया बढ्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।